काठमाडौं। शुभमन गिलको कप्तानीमा भारतले जिम्बाब्वेविरुद्धको ५ टी–२० म्याचको सिरिज ४–१ ले जितेको छ। पहिलो खेलमा भारत १३ रनले पराजित भएको थियो तर त्यसपछि पुनरागमन गरेको थियो।
यशस्वी जयसवाल र अभिषेक शर्माको आक्रामक इनिङ्स, रवि बिश्नोईको स्पिन र मुकेश कुमारको तिब्र गतिको बलिङका कारण भारतीय टोलीले लगातार ४ खेल जितेर शृंखलाको अन्त्य गरेको छ।
पाँचौँ टी–२० मा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले पावरप्लेमा ३ विकेट गुमाएको थियो। तर, सामसनले ५८ रन बनाउँदै १६७ रनको योगफलमा पुगेको थियो। जवाफमा जिम्बाब्वे १२५ रनमा अलआउट हुँदै ४२ रनले पराजित भएको थियो। मुकेशले ४ विकेट लिए।