काठमाडौं। विज्ञान खड्काले दुई गोल गरेसँगै न्युरोड टिम (एनआरटी)ले एन्फा यु-१८ युथ लिगमा विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा एनआरटीले चर्च बोइज युनाइटेडलाई २-१ गोलअन्तरले पराजित गरेको हो।
खेलमा सुरुआती अग्रता भने चर्च बोइजले लिएको थियो। ३६औं मिनेटमा अमनबहादुर तामाङले गोल गरेका थिए।
तर, विज्ञानले ५५ र ८०औं मिनेटमा गोल गर्दै एनआरटीलाई पुनरागमन जित दिलाए।