काठमाडौं। आइतबार बर्लिनमा हुने युरो कपको फाइनलका लागि स्पेन प्रबल दावेदारका हो। तर, इङ्ल्यान्ड आक्रामक टोली रहेको रक्षक ओली वाट्किन्सले बताएका छन्।
वाट्किन्सले बेन्चबाट सुरुआत गर्दै इन्जुरी समयमा नाटकीय गोल गर्दै नेदरल्यान्ड्सलाई सेमिफाइनलमा २–१ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्डलाई फाइनलमा पुर्याएका थिए।
तर, स्पेनले कठिन बाटो छिचोल्दै फाइनलसम्मको यात्रा तय गरेको वाट्किन्सले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए । 'इटाली, जर्मनी र फ्रान्सविरुद्ध खेल्दै स्पेनले कठिन यात्रा पार गर्नुपरेको छ,' उनले भने, 'मलाई लाग्छ, उनीहरू प्रतियोगिताको अहिलेसम्मकै उत्कृष्ट टोली हुन्।'
उनले थपे,'स्पेनका विंगरहरू धेरै गतिशील, युवा, आत्मविश्वासले भरिएका छन् तर हाम्रो टोलीमा पनि गोल गर्ने खेलाडी छन्। विश्वस्तरीय प्रतिभा रहेकाले यो खेल धेरै रोमाञ्चक हुनेछ। म यसलाई हेर्न र भाग लिन प्रतीक्षा गर्न सक्दिन।'
फ्रान्सलाई २–१ ले हराउँदा स्पेनका लागि उत्कृष्ट गोल गरेका युवा खेलाडी लामिन यामल पुस्तागत प्रतिभा भएको उनले बताए। 'उनले के गर्न सक्छन् भनेर सबैले देखेका छन्। युरोको सेमिफाइनलमा फ्रान्सविरुद्ध उनले १६ वर्षको उमेरमा गोल गरेका छन्। सानो उमेरमा उनी मभन्दा कयौं गुणा अगाडी छन्,' उनले भने।