एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले वल्भ्सलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले १० खेलाडीमा सिमित वल्भ्सलाई ३–० गोल अन्तरले हराएको हो ।
खेलको १९ औ मिनेटमा विली बाेली रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पाहुना टोली वल्भ्स १० खेलाडीमा सिमित बनेको थियो ।
घरेलु मैदान ईतिहाद स्टेडियममा भएको खेलमा सिटीका ग्याब्रियल जिससले दुई गोल गरे । खेलको १० औ मिनेटमा सिटीलाई सुरुवाती अग्रता दिलाएका जिससले ३९ औ मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरेका थिए ।
सिटीले एक आत्मघाति गोल उपहार पाएको थियो । खेलको ७८ औ मिनेटमा वल्भ्सका काेनाेर कोएडीले आत्मघाति गोल गरेपछि सिटीले जित सुनिश्चित गर्यो ।
जितसंगै सिटीले शीर्ष स्थानको लिभरपुलसंग अंक दुरी घटाउन सफल भएको छ । सिटीले ५३ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुल भन्दा सिटी ४ अंकले पछाडी छ । वल्भ्स २९ खेल सहित तालिकाको ११ औ स्थानमा छ ।