काठमाडौं। योर्गेन क्लोपले अमेरिकी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न अस्वीकार गरेका छन्।
गत सिजनको अन्त्यमा मात्र उनले लिभरपुल छोडेका थिए। सन् २०२४ को कोपा अमेरिकामा समूहचरणबाटै बाहिरिएपछि अमेरिकाले मुख्य प्रशिक्षक ग्रेग बर्हाल्टरलाई बर्खास्त गरेको थियो।
अमेरिकी फुटबलले बोरुसिया डर्टमन्डका पूर्व प्रशिक्षकसँग मुख्य प्रशिक्षक बन्ने सम्भावनाबारे कुरा गरेको थियो।
क्लोपले विश्राम लिन चाहेको दोहोर्याएका छन्। त्यसैले अमेरिकी टोलीको प्रस्तावलाई अस्वीकार गरेका हुन्।