काठमाडौं। स्पेनका प्लेमेकर डानी ओल्मोले युरो कपको गोल्डेन बुटका लागि इङ्ल्यान्डका ह्यारी केनसँग प्रतिस्पर्धा गरिरहेका छन्।
ओल्मो र केनसहित अन्य चार खेलाडीले समान तीन गोल गरेका छन्। बर्लिनमा आइतबार हुने फाइनलमा ओल्मो र केनमध्ये जसले एक गोल गरे उसैले गोल्डेन बुट पाउने सम्भावना छ।
यद्यपि, स्पेनले कीर्तिमानी चौथो पटक युरो कपका लागि प्रतिस्पर्धा गरिरहेको बेला ओल्मोले आफ्नो व्यक्तिगत गौरवभन्दा टोलीको लक्ष्य धेरै महत्त्वपूर्ण रहेको बताए।
ओल्मोले भने, 'यो (गोल्डेन बुट) अतिरिक्त प्रेरणा हो, यसका लागि ठाउँ पनि छ। तर, मलाई परवाह छैन।' ओल्मोले दुई गोलका लागि असिस्ट पनि गरेका छन्। समान गोल गरे विगतमा कम खेल खेल्ने यो पुरस्कार प्रदान गरिने गरिएको थियो। तर, यसपटक समान गोल गरे यो पुरस्कार बाँढिने छ।
आरबी लाइपजिगका मिडफिल्डरले स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेको पहिलो रोजाइको टोलीको रूपमा प्रतियोगिता सुरु गर्न पाएका छैनन्। तर, मौका पाउँदा बेन्चबाट सुरुआत गर्दै उत्कृष्ट खेल पस्किएका छन्।
ओल्मोले आयोजक जर्मनीविरुद्ध क्वार्टरफाइनलमा घाइते पेड्रीको स्थान लिएका थिए। उनले खेलको ५१औं मिनेटमा गोल गरेका थिए। यस्तै, मिकेल मेरिनोले गोल गर्दा असिस्ट पनि दिएका थिए। मिडफिल्डरले सेमिफाइनलमा फ्रान्सविरुद्ध पनि गोल गरेका थिए र स्पेनले खेलेका सबै तीन नकआउट राउन्डमा गोल गरेका छन्।
'यो प्रतियोगितामा म निकै राम्रो महसुस गरिरहेको छु। राम्रो लयमा छु। त्यसैले मैले यसको फाइदा उठाउँदै जानुपर्छ,' २६ वर्षीय ओल्मोले भने,'यो सत्य हो कि (केन र म) बराबरीमा छौं, तर त्यहाँ अन्य खेलाडीहरू पनि छन् जसले हामीलाई गोल र राम्रो खेलको साथ यहाँसम्म पुग्न मद्दत गरेका छन्।'
उनले थपे, 'गोलको कुरा गर्ने हो भने, फेबियन (रुइज) को दुई गोल छ, अल्भारो (मोराटा) को एक गोल छ। यदि ह्याट्रिक गर्छ भने उनीहरूले यसलाई जित्नेछ र हामी त्यति नै खुसी हुनेछौं। कसले गोल गर्छ भन्ने कुराले कुनै फरक पार्दैन, मुख्य कुरा टोलीले जित्नु हो।
ओल्मोले ह्याट्रिक गरेपछि लेइपजिगले गत अगस्टमा जर्मन सुपरकपको फाइनलमा बायर्न म्युनिखलाई ३–० ले हराएको थियो । सुपरकपमा उपविजेता बनेका इङ्ल्यान्डका कप्तान ह्यारीले क्लब या अन्तर्राष्ट्रियस्तरमा अहिलेसम्म ट्रफी जित्न सकेका छैनन्। ३० वर्षीय केनले युरो कपमा तीन गोल गरे पनि फर्म र फिटनेसका लागि संघर्ष गरिरहेका छन् ।
ओल्मोले थपे, 'पक्कै पनि ह्याट्रिक (फेरि) गोल गर्ने र यसलाई जित्ने सपना हुनेछ। तर म दोहोर्याउँछु, हाम्रो लक्ष्य यो जित्नु होइन।'