एजेन्सी । एसिया कप फुटबलमा भारत बहराइनसंग पराजित भएको छ । सोमबार भएको खेलमा भारत बहराइनसंग १ - ० गोल अन्तरले पराजित भएको हो ।
युएईको सारजाह स्टेडियममा बहराइनलाई जित दिलाउन जमल राशिदले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा राशिदले पेनाल्टीमा गोल गर्दै बहराइनलाई १ - ० को जित दिलाए ।
यो हारसंगै समूह 'ए' बाट भारत प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा ३ अंक जोडेको भारतमा पुछारमा रह्यो । भारतले थाइल्याण्डलाई मात्र पराजित गर्न सक्यो । जितसंगै बहराइन भने ४ अंक जोडेर तेस्रो स्थानमा रहदै अन्तिम १६ मा पुगेको छ ।
समूह चरण अन्तर्गत नै शीर्ष स्थानको युएई र दोस्रो स्थानको थाइल्याण्डले १ - १ गोलको बराबरी खेलेको छ । युएईको पाँच रहदा थाइल्याण्डको चार अंक रहेको छ ।