काठमाडौं। राजा चार्ल्स तृतीयले युरो कप फाइनलमा पुगेकोमा इङ्ल्यान्ड फुटबल टोलीलाई बधाई दिँदै अन्तिम समयमा कुनै पनि ड्रामा प्रतियोगिता जित्न आग्रह गरेका छन्।
बुधबार साँझ नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गरेपछि बेलायती राष्ट्रप्रमुखले टोलीलाई बधाई तथा आइतबार स्पेनविरुद्धको फाइनलका लागि शुभकामना दिएका हुन्।
स्लोभाकियाविरुद्ध दोस्रो राउन्डमा अन्तिम गोल, क्वाटरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध पेनाल्टीमा जित र ९० औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै इङ्ल्यान्डलाई फाइनलमा पुर्याएका हुन्।
उनले भने, 'अन्तिम क्षणमा कुनै आश्चर्य गोल वा अन्य पेनाल्टी ड्रामाभन्दा पहिले जित सुरक्षित गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। गुड लक, इङ्ल्यान्ड।
चार्ल्सका छोरा विलियम, जो फुटबल संघका अध्यक्ष हुन्। उनले एस्टन भिल्लाका स्ट्राइकर ओली वाट्किन्सलाई बेन्चबाट सुरुआत गराएको भन्दै आलोचनासमेत गरेका छन्। फाइनलका लागि विलियम बर्लिन जाने सम्भावना छ।