काठमाडौं। श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीसँगको दोस्रो अभ्यास खेलमा पनि नेपाली राष्ट्रिय महिला टोली पराजित भएको छ।
बुधबार सम्पन्न खेलम नेपाल चार विकेटले पराजित भएको हो। नेपालले दिएको १०७ रनको लक्ष्य श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीले अन्तिम बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्यो।
श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीकी सेनार्थेले सर्वाधिक २७ रन बनाइन्। सन्दीपानी १९ र इमिका मेन्डिसले १७ रनमा आउट हुँदा मनारा १६ रनमा अविजित रहिन्।
नेपालकी पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, इन्दू बर्मा र सबनम राईले समान एक विकेट लिइन्।