काठमाडौं। स्पेनले युरो कपअन्तर्गत सेमिफाइनलको पहिलो हाफमा २-१ गोलको अग्रता लिएको छ।
म्युनिख फुटबल एरेनामा जारी खेलमा स्पेनले फ्रान्सविरुद्ध अग्रता लिएको हो।
खेलको नौ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा रान्डल कोलो मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।
तर, २१औं मिनेटमा लामिन यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए। पेनाल्टी बक्स बाहिरबाट उनले प्रहार गरेको बल बारमा लागेर गोलमा परिणत भएको थियो।
त्यसको चार मिनेटपछि नै डानी ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए। उनले जेसस नाभासको पासलाई सदुपयोग गरे।