काठमाडौं। भारतका जसप्रित बुमराह र स्मृति मन्धानाले जुन महिनाको आइसिसी प्लेयर अफ द मन्थ अवार्ड जितेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का अनुसार गत साताको ग्लोबल भोटका आधारमा उनीहरू विजेता घोषित भएका हुन्।
बुमराहले अघिल्लो महिना अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आइसिसी पुरुष टी–२० विश्वकप २०२४ मा भारतलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
मन्धनाले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृंखलामा भारतका लागि शानदार प्रदर्शन गरेकी थिइन्।