काठमाडौं। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टी–२० विश्वकप जित्ने टोलीलाई २०० करोड नेपाली रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ।
यो २०० करोडबाट १५ खेलाडीले ८–८ करोड भारू पाउनेछन्। एउटा पनि खेल खेल्ने मौका नपाएका तीन खेलाडीले पनि समान रकम पाउने छन्।
जुन २९ मा भारतले टी–२० विश्वकप जितेको थियो। भारतीय टोली १७ वर्षपछि यस प्रतियोगितामा च्याम्पियन बनेको छ। यसअघि सन् २००७ मा उपाधि जितेको थियो।
यति मात्र होइन, भारतले ११ वर्षको आईसीसी ट्रफीको खडेरी पनि समाप्त गरेको थियो। बार्बाडोसमा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको हो।
इन्डियन एक्सप्रेसका अनुसार चार रिजर्भ खेलाडी, ब्याट्सम्यान रिंकु सिंह र शुभमन गिल, तीव्र गतिका बलर आवेश खान र खलिल अहमदले पनि जनही एक करोड ६० लाख रुपैयाँ पाउनेछन्।
ब्याटिङ प्रशिक्षक विक्रम राठौर, फिल्डिङ प्रशिक्षक टी दिलीप, बलिङ प्रशिक्षक पारस महाम्बरेले ४ करोड रुपैयाँ पाउनेछन्। ब्याकरूमका बाँकी कर्मचारीहरूलाई पनि पुरस्कृत गरिनेछ।
तीनजना फिजियोथेरापिस्ट, तीन थ्रोडाउन विशेषज्ञ, दुईजना मसाज थेरापिस्ट र स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोचले जनही ३ करोड २० लाख रुपैयाँ पाउनेछन्।
फिजियोथेरापिस्टमा कमलेश जैन, योगेश परमार र तुलसीराम युवराज रहेका छन्। तीन थ्रोडाउन विशेषज्ञहरू राघवेन्द्र डाउगी, नुवान उदेनेके र दयानन्द गरानी हुन्। दुई मसाज थेरापिस्ट राजीव कुमार, अरुण कानडे र सोहम देसाई बल र कन्डिसनिङ कोच हुन्।
१५ सदस्यीय भारतीय टोली:
रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), शिवम् दुबे, हार्दिक पाण्ड्या (उपकप्तान), रवीन्द्र जडेजा, अक्षरदीप पटेल, के. यादव, जसप्रित बुमराह, अर्शदीप सिंह, युजवेन्द्र चहल, सञ्जु स्मसन (विकेटकिपर), मोहम्मद सिराज।
ट्राभलिङ रिजर्व: रिंकु सिंह, खलील अहमद, आवेश खान, शुभमन गिल।