काठमाडौं। बीसीसीआईले गत हप्ता टी–२० विश्वकप जितेको भारतीय टोलीका कप्तान रोहित शर्मा, विराट कोहली र जसप्रित बुमराहलाई श्रीलंका भ्रमणमा विश्राम दिन सक्नेछ।
जुलाई २७ बाट सुरु हुने श्रीलंका भ्रमणमा बीसीसीआईले जिम्बावेमा जस्तो युवा टोली पठाउन सक्नेछ। एकदिवसीय टोलीको कप्तानी हार्दिक पाण्ड्या या केएल राहुलले गर्ने सम्भावना रहेको छ।
पीटीआईका अनुसार भारतीय छोली छनोकर्ताहरूले विश्व च्याम्पियन टोलीका खेलाडीहरूलाई विश्राम दिन विचार गरिरहेको छ। यदि त्यसो भयो भने तीनै भारतीय खेलाडी करिब ८० दिन आराममा रहनेछन्। किनभने श्रीलंका भ्रमणपछि भारतले सेप्टेम्बर १९ मा बंगलादेशको सामना गर्नेछ। भारतीय टोलीले जुलाई २७ बाट श्रीलंकाको भ्रमण गर्दैछ। टोलीले ३ एकदिवसीय र ३ टी–२० खेल्ने छ।
रोहित, कोहली र बुमराहले पछिल्लो महिना २९ जुनमा टी–२० विश्वकपको फाइनल खेलेका थिए। फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतीय टोलीले २००७ पछि टी–२० विश्वकपको उपाधि जितेको थियो।