काठमाडौं। एसिसी महिला एसिया कपमा सहभागिता जनाउन नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ। प्रतियोगिताको तयारीका लागि टोली नौ दिनअघि नै श्रीलंका पुगेको हो।
एसिया कपअघि नेपालले श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीसँग तीन अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। खेल सरी भिलेजमा जुलाई ९, १० र १६ मा हुनेछ। एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ।
समूह ‘ए’ मा नेपालसँगै साबिक विजेता भारत, पाकिस्तान र युएई छन्। अर्को समूहमा आयोजक तथा साबिक उपविजेता श्रीलंकासँगै बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्।
नेपालले समूहचरणमा जुलाई १९ मा युएईकोसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यसपछि पाकिस्तानविरुद्ध जुलाई २१ मा दोस्रो खेल खेल्ने नेपालले भारतविरुद्ध जुलाई २३ मा समूहचरणको अन्तिम खेल खेल्ने छ।