काठमाडौं। जिम्बाब्वेविरुद्धको दोस्रो ट्वान्टी–२० शृंखलामा भारत विजयी भएको छ। शृंखलाको पहिलो खेलमा १३ रनले पराजित भएको भारतले दोस्रो खेलमा २३४ रन बनाएको थियो ।
२३५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे दबाबमा आयो र १३४ रनमा समेटियो। जिम्बाब्वेविरुद्धको यो खेल भारतले १०० रनले जितेको थियो, जुन जिम्बाब्वेविरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो जित पनि हो। यसअघि सन् २०१८ मा हरारे मैदानमा भारतले अस्ट्रेलियालाई १०० रनले पराजित गरेको थियो ।
खेल जितेपछि भारतीय टिमका कप्तान शुभमन गिलले भने, 'म आज निकै खुसी छु, फेरि विजयी लयमा फर्कन पाउँदा निकै खुसी लागेको छ । पहिलो खेलमा दबाब सम्हाल्न सकेका थिएनौं। यो एक युवा टोली हो र उनीहरूमध्ये धेरै अन्तर्राष्ट्रिय एक्सपोजरमा नयाँ छन्।'
टस जितेर ब्याटिङ गरेको भारतले बलियो सुरुवात गरेको थियो। शुभमन सुरुमै आउट भएपछि अभिषेक शर्माले ४७ बलमा शतक बनाएर ठूलो राहत दिए। रुतुराज गायकवाडले ४७ बलमा ७७ रन र रिंकु सिन्हालेले २२ बलमा ४८ रन बनाएर कुल २३४ रन बनाए। भारतका लागि मुकेश कुमारले ती विकेट लिए भने आवेश खानले १५ रनमा ३ विकेट लिए।