काठमाडौं। स्पेन फुटबल टोलीका मिडफिल्डर पेड्रीले युरो कपका बाँकी खेल गुमाउने भएका छन्।
जर्मनीविरुद्धको क्वार्टरफाइनलमा बायाँ घुँडामा गहिरो चोट लागेपछि उनले बाँकी खेल गुमाउने भएका हुन्।
‘यस्तो चोट निको हुन हप्तौं लाग्छ। त्यसैले पेड्री युरो कपमा देखिने छैनन्,’ स्पेनिस फुटबल महासंघले भनेको छ।
जर्मनीका टोनी क्रुजको खराब ट्याकलका कारण घाइते भएपछि पेड्रीले आठौं मिनेटमै मैदान छाडेका थिए। स्पेनले सेमिफाइनलमा बुधबार फ्रान्सको समाना गर्दैछ।