एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आज राति (सोमबार) एक खेल हुँदैछ ।
सोमबार राति हुने खेलमा साबिकको विजेता म्यानचेस्टर सिटी र वुल्भ्सबीच प्रतिस्पर्धा हुनेछ । सिटीको मैदान इतिहाद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा वुल्भ्सको सामना गर्दा सिटी जित निकाल्दै शीर्ष स्थानको लिभरपुलविरुद्ध अंक दुरी कम गर्ने लक्ष्यमा हुनेछ । तर, यस सिजन निकै उत्कृष्ट खेलिरहेको वुल्भ्सले सिटीलाई कडा चुनौती दिनेछ ।
लिगको दोस्रो स्थानमा रहेको सिटीको ५० अंक छ । र, सिटी लिभरपुल भन्दा ७ अंकले पछि छ । वुल्भ्सलाई हराए सिटीले अंक दुरी ५ मा झार्नेछ । वुल्भ्स २९ अंकसहित ११ औं स्थानमा रहेको छ ।