काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप क्रिकेटमा सहभागिताका दौरान मिडिया र सामाजिक सञ्जालमा आधारहिन र अन्तर्वार्ता दिएको भन्दै उपाध्यक्षसहित रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टिकरण सोध्ने भएको छ।
बिहीबार र शुक्रबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सिंहसहित केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य तथा दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टिकरण सोध्ने भएको हो।
'नेपाल क्रिकेट संघ र संघका पदाधिकारीहरूलाई लक्षित गरेर विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरुमा संघका पदाधिकारी, सदस्य, संघसँग आवद्ध प्रदेश तथा जिल्ला संघका पदाधिकारीहरुले संघको निर्णयविपरीत हुँदै नभएको आधारहिन कुराहरुको अन्तर्वार्ता एवंम भ्रामक प्रचारगरी समाजिक सञ्जालमा समेत सेयर गरेको पाइएकोले त्यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई संघको विधानबमोजिम स्पष्टिकरण सोधि आवश्यक प्रकृया अगाडी बढाउने निर्णय पारित गरियो,' क्यानले भनेको छ।