काठमाडौं। चेल्सीले युवा खेलाडी ओमारी केलीम्यानलाई अनुबन्ध गरेको छ। एस्टन भिल्लाका खेलाडीलाई ६ वर्षका लागि अनुबन्ध गरेको चेल्सीले घोषणा गरेको हो।
अनुबन्ध भएसँगै युवा मिडफिल्डर अर्को महिना आफ्नो नयाँ टोलीमा सामेल हुनेछन्। 'एस्टन भिल्लाबाट ओमारी केलीम्यानलाई अनुबन्धित गरेको पुष्टि गर्न पाउँदा चेल्सी खुसी छ,' चेल्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। चेल्सीका अनुसार ६वर्षे सम्झौतामा थप एक वर्षको विकल्प पनि समावेश छ।
चेल्सीले अगस्ट १८ मा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँग खेल्दै प्रिमियर लिगको आफ्नो अभियानको सुरुवात गर्नेछ ।