काठमाडौं। भारतीय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान सञ्जु स्यामसनले ट्वान्टी–२० विश्वकप जितेको उपलक्ष्यमा तयार पारिएको विशेष जर्सीको पहिलो झलक सार्वजनिक गरेका छन्।
रोहित शर्माको नेतृत्वमा रहेको भारतीय क्रिकेट टोली बिहीबार विशेष व्यवस्था गरिएको चार्टर उडानबाट स्वदेश फर्किएको थियो। हजारौं समर्थक नयाँ दिल्ली एयरपोर्टमा स्वागत गर्न भेला भएका थिए।
टिमले आइटिसी मौर्य होटेलमा जानुअघि उत्साही समर्थकसामु विश्वकपको ट्रफी देखाएको थियो। स्यामसनले इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा नयाँ जर्सीमा महत्त्वपूर्ण परिवर्तन गरिएको छ।
बीसीसीआईको लोगोभन्दा माथि दोस्रो स्टार, जुन भारतको दोस्रो ट्वान्टी–२० विश्वकप जीतको प्रतीक हो। जर्सीमा च्याम्पियन्स शब्द अगाडि लेखिएको छ, जितको सम्झना गर्दै। सन् २००७ मा महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले पहिलो पटक ट्वान्टी–२० विश्वकप जितेको स्मरण गर्दै दोस्रो स्टार थपिएको छ।