काठमाडौं। फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेले युरो कपमा गोलभन्दा बढी मास्क लगाएका छन्। सोमबार अन्तिम १६ मा बेल्जियमलाई १–० ले पराजित गर्दा उनले तेस्रोपटक फरक मास्क लगाएका थिए।
उक्त खेलमा पाँच पटक गोल गर्ने प्रयास गरेपनि उनी सफल हुन सकेनन्। प्रतियोगितामा उनले एक गोल मात्र गरेका छन्। त्यो पनि समूहचरणमा, पोल्यान्डविरुद्ध पेनाल्टीमा।
मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्सले भाँचिएको नाकलाई जोगाउन प्रयोग गरिएको मास्कले फ्रान्सेली कप्तानले परिधीय दृष्टिसँग संघर्ष गरिरहेको बताएका छन्।
‘मास्क लगाउँदा जोगिनुपर्छ। पसिना उसको आँखामा पर्नसक्छ भन्ने हामीलाई थाहा छ। उनी यसमा अभ्यस्त भइरहेका छन्। तर, यसले उनको दृष्टिलाई असर गरिरहेको छ,’ उनले भने।
हेडर गर्नेक्रममा अस्ट्रियाका केभिन डान्सोसँग ठोक्किएपछि एमबाप्पेको नाक भाँचिएको थियो। उनले मास्क लगाउने अनुभवलाई ‘त्रासपूर्ण’ भन्दै ब्याख्य गरेका छन्।
एमबाप्पेलाई सुरुमा फ्रान्सेली झण्डाको रङमा डिजाइन गरिएको मास्क लगाइएका थिए। तर, यूईएफए नियममा सुरक्षात्मक उपकरण एकल रंगको हुनुपर्दछ। त्यसैले उनले पोल्यान्डविरूद्ध सबै कालो रंग भएको मास्क लगाएका थिए।
बेल्जियमविरुद्ध नकआउट खेलमा उनले फेरि मास्क परिवर्तन गरे। अघिल्लो मास्कमा भन्दा यसमा खुल्ला ठाउँ अधिक थियो। तर, मास्क परिवतर्नले खेलमा खासै फरक पारेको देखिँदैन।
एमबाप्पे गत महिना स्पेनिस क्लब रियल मड्रिडमा आबद्द भएका थिए। नयाँ सिजनको सुरुआतमा पनि उनले मास्क प्रयोग गर्नुपरे रियलका लागि यो समस्या हुनसक्छ। यसअघि एमबाप्पे र फ्रान्सले शुक्रबार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलसँग क्वार्टरफाइनल खेल्नेछन्।
सन् २०२२ को अन्तिम १६ मा स्विट्जरल्यान्डसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि विश्वकप विजेता एमबाप्पे पहिलो पटक युरोकपमा यति टाढासम्म पुगेका हुन्।