काठमाडौं। कोपा अमेरिकाको नकआउट चरणका खेलमा अतिरिक्त समयम थप नहुने भएको छ ।
अन्य प्रतियोगितामा निर्धारित ९० मिनेटको खेल बराबरी हुँदा ३० मिनेटको अतिरिक्त समय थप गरिन्थ्यो। र, त्यसमा बराबरी भए मात्र पेनाल्टी सुटआउटबाट खेलको छिनोफानो गरिँदै आएको थियो।
तर, कोपामा भने निर्धारित ९० मिनेटको खेल बराबरी भए खेलको छिनोफानो सीधै पेनाल्टी सुटआउटबाट गरिने भएको हो।
फाइनल खेलमा भने निर्धारित समयमा बराबरी भएमा अतिरिक्त ३० मिनेटको समय थप गरिने छ। त्यसमा पनि बराबरी भए खेल पेनाल्टी सुटआउटमा जाने छ।