काठमाडौं। पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले युरोकप२०२४ आफ्नो करियरको अन्तिम युरोपेली प्रतियोगिता हुने बताएका छन्।
विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडीमध्येका एक ३९ वर्षीय रोनाल्डोले कीर्तिमानी छैटौं पटक युरोकपमा सहभागिता जनाइरहेका छन्। उनको टोली क्वार्टरफाइनलमा प्रवेश गरेको छ। यो टोलीले शुक्रबार फ्रान्सको सामना गर्नेछ।
स्लोभेनियाविरुद्ध जित हात पारेपछि रोनाल्डोले भने, ‘यो मेरो अन्तिम युरोपियन च्याम्पियनसिप हो। यसमा म भावुक छैन। यो खेलले मलाई सबै थोक दिएको छ।’
रोनाल्डो फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले युरोकपमा कीर्तिमानी १४ गोल गरेका छन्। उनले आफ्नो मुख्य उदेश्य समर्थकलाई खुसी बनाउनु रहेको बताए।
स्लोभेनियाविरुद्धको खेलमा अतिरिक्त समयमा पेनाल्टी रोकेपछि उनी भावुक भएका थिए। उनले भने, ‘फुटबलको दुनियाँ छोड्ने कुरा होइन। मैले गर्न वा जित्नका लागि अरू के नै बाँकी छ र? यदि मैले कम वा बढी अंक प्राप्त गरें भने पनि यसले कुनै फरक पार्दैन।’