काठमाडौं। उर्जन श्रेष्ठ राष्ट्रिय यू–२० पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
राईले सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षकमा नियुक्त भएका शशिन्द्र धिमाल र राजु सिंहलाई पनि पत्र हस्तान्तरण गरेका छन् ।
कोचिङ टोलीले आगामी अगस्ट १६ देखि २८ सम्म काठमाडौंमा आयोजना हुने साफ यू–२० च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको तयारी गरिरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अहिले प्रतियोगिताका लागि खेलाडी छनोट भइरहेको छ । केन्द्रीय छनोटमा करिब ४ सय खेलाडीले भाग लिनेछन् ।