काठमाडौं। डेनियल मुनोजले गोल गरेपछि कोपा अमेरिकामा कोलम्बिया खेलमा फर्किएको छ।
लेभिस स्टेडियममा जारी समूह डी को अन्तिम खेलको पहिलो हाफमा ब्राजिल र कोलम्बियाले १-१ गोलको बराबरी खेलेका छन्। खेलको १२औं मिनेटमै राफिन्हाले फ्रिकिकमार्फत् गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए।
तर, इन्ज्युरी समयको दोस्रो मिनेटमा जोन कर्डोबाको पासमा मुनोजले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए। दोस्रो हाफ केही समयपछि सुरु हुनेछ।