काठमाडौं। अर्जेन्टिनाका स्टार स्ट्राइकर तथा कप्तान लिओनल मेसीले यसै महिनाको अन्त्यमा पेरिसमा सुरु हुने ओलम्पिक नखेल्ने भएका छन्।
प्रशिक्षक जेभियर मास्चेरानोले मंगलबार घोषणा गरेको टोलीमा स्ट्राइकर जुलियन अल्भारेज र डिफेन्डर निकोलस ओटामेन्डीसहित चार विश्वकप विजेता खेलाडीलाई बाहिर राखेका छन्।
यस वर्ष चोटसँग जुधिरहेका ३७ वर्षीय मेसीले सन् २०२१ मा जितेको महादेशीय उपाधि रक्षा गर्ने लक्ष्यका साथ कोपा अमेरिका खेलिरहेका छन् । यो जितले अर्जेन्टिनाका लागि सन् २०२२ मा विश्वकपको उपाधि उचाल्ने अवसर प्रदान गरेको थियो ।
मेसीले सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकमा स्वर्ण पदक जितेका थिए । ओलम्पिक पुरुष फुटबल प्रतियोगिता २३ वर्षमुनिका टोलीका लागि हो, तर प्रत्येक टोलीमा तीन जना पाको उमेरका खेलाडी राख्न पाइने छ।
सन् २००४ र २००८ मा खेलाडीका रुपमा ओलम्पिकमा स्वर्ण पदक जितेका मास्चेरानोले कोपा अमेरिका सकिएपछि गोलकिपर गेरोनिमो रुली, ओटामेन्डी र अल्भारेजलाई टोलीमा समावेश गर्नेछन् ।
अर्जेन्टिनाले जुलाई २४ मा मोरक्कोसँग ओलम्पिक फुटबल प्रतियोगिताको पहिलो खेल खेल्नुअघि फ्रान्समा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । समूह 'बी' मा अर्जेन्टिना र मोरक्कोसँगै इराक र युक्रेन छन् ।