काठमाडौं। जिम्बाब्वेविरुद्धको पाँच खेलको ट्वान्टी–२० सिरिजको पहिलो दुई खेलका लागि भारतीय टोलीमा तीन परिवर्तन गरिएको छ। साई सुदर्शन, हर्षित राना र जितेश शर्मालाई टोलीमा समावेश गरिएको छ। उनलाई सञ्जु सामसन, शिवम् दुबे र यशस्वी जैसवालको स्थानमा भारतीय टोलीमा समावेश गरिएको छ।
हरारे प्रस्थान गर्नुअघि भारतको विश्वकप विजेता टोलीका तीन सदस्य सामसन, दुबे र जैसवाल स्वदेश फिर्ता हुनेछन्। त्यसपछि बाँकी तीन खेलका लागि तीनै जना जिम्बाब्वे जानेछन्।
यो भ्रमणका लागि नितिश रेड्डीलाई पनि भारतीय टोलीमा छनोट गरिएको थियो। रेड्डी, रियान पराग र अभिषेक शर्मालाई भारतीय टोलीले पहिलो पटक बोलाएको थियो। तर, रेड्डी घाइते भएपछि दुबेलाई भारतीय टोलीमा स्थान दिइएको थियो।
सिरिजको पहिलो खेल ६ जुलाईमा हुनेछ भने अन्तिम खेल १४ जुलाईमा हुनेछ। यी सबै खेल हरारेमा हुनेछन्।