काठमाडौं। युरोकपअन्तर्गत अन्तिम १६ मा पोर्चुगल र स्लोभेनिया भिड्दै छन्।
फ्रान्कफर्ट एरिनामा सोमबार राति यी दुईबीचको खेल हुनेछ। पोर्चुगल समूह एफमा शीर्षस्थानमा रहँदै अन्तिम १६ मा पुगेको थियो। पोर्चुगलले समूह चरणमा चेक रिपलब्लिका र टर्कीलाई पराजित गरेको थियो। तर, जर्जियासँग भने २-० ले स्तब्ध बनेको थियो।
स्लोभेनिया समूह सीबाट उत्कृष्ट तीनमा रहेर अन्तिम १६ मा पुगेको हो। स्लोभेनियाले डेनमार्क, सर्बिया र इङ्ल्यान्डलाई बराबरीमा रोकेको थियो।