युएई। ग्रीन सिटी गोल्डकपको उपाधि न्यू ब्वाइज एफसीले जितेको छ।
युएईको दुबईमा भएको फाइनल खेलमा न्यू ब्वाइजले लालीगुराँस एफसीलाई पेनाल्टी सुटआउटमा ६-५ गोलअन्तरले पराजित गरेको हो।
निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए। विशाल तामाङ प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। उनले दुई सय दिराम (नेपाली १० हजार) नगद पाए।
सर्वाधिक गोलकर्ता आशिष ज्ञवाली भए। विजेता न्यू ब्वाइज एफसीले तीन हजार पायो भने उपविजेताले दुई हजार दिराममा चित्त बुझायो। गोल्डकपमा १६ टिमको सहभागिता रहेको केशव बराइलीले जानकारी दिए।