काठमाडौं। भेनेजुएला शतप्रतिशत जितसहित कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
क्यू टू स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा जमौकालाई ३–० गोलअन्तरले पराजित गर्दै भेनजुएलाले समूह बी मा शतप्रतिशत जित हासिल गरेको हो।
भेनेजुएलाले यसअघि मेक्सिकोलाई १–० र इक्वेडरलाई २–१ गोलअन्तरले पराजित गरेको थियो। भेनेजुएलाले यस समूहबाट नौ अंक जोड्यो। जमौका भने अंकविहीन रह्यो।
तीनवटै गोल खेलको दोस्रो हाफमा भएको थियो। ४९औं मिनेटमा एडवार्ड बेलोले गोल गर्दै भेनेजुएलालाई सुरुआती अग्रता दिलाएका थिए।
त्यसपछि सालोमन रोन्डन र एरिक रामिरेजनले गोल थपे।