काठमाडौं। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाहले खतरनाक ब्याटर डेभिड मिलरको क्याच लिएका सूर्यकुमार यादवलाई उत्कृष्ट फिल्डरको अवार्ड प्रदान गरेका छन्।
भारतीय फिल्डिङ प्रशिक्षक टी दिलीपले खेलाडीलाई उत्प्रेरित गर्न 'बेस्ट फिल्डर' छान्ने अभ्यास सुरु गरेका थिए। उनले भारतीय टोलीको फिल्डिङको प्रशंसा गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन गर्न कुनै कसर बाँकी नराखेको बताए।
उनले भने, 'हामी ठूला खेलमा अवसरअनुसार प्रदर्शन गर्ने कुरा गर्छौं तर आज हामीले प्रदर्शन मात्र गरेनौं, जित्यौं पनि। हामीले प्रतियोगिताभर र आज जुन एकता र लचिलोपन देखायौं त्यो असाधारण भन्दा कम छैन।'
दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो। जसमा सूर्यकुमार यादवले निर्णायक ओभरमा क्याच लिएका थिए। सूर्यकुमारले समयमै क्याच लिएर धैयताको उत्कृष्ट उदाहरण प्रस्तुत गरे। उनले डेभिड मिलरलाई क्याच आउट गर्दा दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा मात्र १६ रन चाहिएको थियो। 'जय (शाह) सरबाट प्राप्त पदक प्रदान गर्नुभएकोमा दिलीप सरलाई धन्यवाद,' पुरस्कार ग्रहण पछि सूर्यकुमारले भने।