काठमाडौं। भारतीय क्रिकेट टोलीका अलराउन्ड रविन्द्र जडेजाले सन्न्यासको घोषणा गरेका छन्।
भारतले शनिबार राति आइसीसी ट्वान्टी–२० विश्वकप फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै उपाधि जितेपछि उनले सन्न्यास लिएका हुन्।
उक्त विश्वकप जितेलगत्तै कप्तान रोहित शर्मा र ओपनर विराट कोहलीले ट्वान्टी–२० आईबाट सन्न्यास लिएका थिए। ३५ वर्षीय जडेजाले पनि यही फर्म्य६बाट सन्न्यास लिएका हुन्।
मैले मेरो देशलाई सधैं आफ्नो उत्कृष्ट योगदान दिएको छु। अन्य ढाँचा (टेष्ट र ओडीआई) को क्रिकेटलाई निरन्तरता दिनेछु। ट्वान्टी–२० क्रिकेटलाई बिदाइ गर्दछु, जडेजाले सामाजिक सञ्जालमा लेखेका छन्।
सन् २००९ मा श्रीलंकाविरुद्ध कोलोम्बोमा भएको ट्वान्टी–२० आई खेलमा डेब्यू गरेका थिए। जडेजाले ७४ ट्वान्टी–२० आई खेलमा ५४ विकेट लिनुको साथै ५१५ रन बनाएका छन्।