काठमाडौं। डेनमार्कका प्रशिक्षक कास्पर हजुल्मान्डले युरो कपअन्तर्गत जर्मनीसँगको खेलमा भिएआरको निर्णय आफ्नो टोलीविरुद्ध गएको भन्दै उक्त प्रविधिको प्रयोग गर्न नहुने बताएका छन्।
डर्टमन्डमा शनिबार सम्पन्न अन्तिम १६ को खेलमा डेनमार्क २–० ले पराजित भएको थियो। खेलपछि पत्रकारहरूसँग कुरा गर्दै हजुल्मान्डले भने, 'दुई पटक भिएआरले गलत निर्णाय गर्यो।' जर्मनीले दोस्रो हाफको सुरुमा काई हाभर्ट्जको पेनाल्टी र जमाल मुसियालाको गोलको मद्दतले खेल जितेको थियो।
डेनमार्कले मध्यान्तरपछि जोआकिम एन्डरसनले गोल गरेपछि डेनमार्कले अग्रता लिएको थियो। तर, भिएआर चेकपछि उनलाई बल पास दिएका थोमस डेलानी अफसाइडमा रहेको देखियो।
खेल पुन: सुरु भयो जर्मनीले तुरुन्तै आक्रमण बुन्यो। डेभिड राउमको क्रस बल बक्सभित्र रहेका क्रिस्टल प्यालेसका डिफेन्डर एन्डरसनको पाखुरामा लागेको थियो। भिएआर चेक गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। 'मसँग यहाँ फोटो छ, यो एक सेन्टिमिटर थियो,' हजुल्मान्डले आफ्नो फोनमा तस्बिर देखाउँदै भने, 'जब कुनै निर्णय राम्रो हुन्छ त्यो देखिनुपर्छ। तर, केही सेन्टिमिटरमा भर पर्नु हुँदैन।'
उक्त पेनाल्टीमा काई हाभर्ट्जले गोल गरे। तीन वर्षअघि युरोकपको सेमिफाइनलमा पुगेको डेनमार्क जर्मनीसँग पराजित हुँदै घर फर्किएको छ।