काठमाडौं। युइएफएले इटालीविरुद्धको युरो कप एलिमिनेसन खेलमा समर्थकले दुर्व्यवहार गरेको भन्दै क्रोएसियालाई एक लाख पाँच हजार युरो (एक लाख १२ हजार ५०० अमेरिकी डलर) जरिवाना गरेको छ।
युइएफएले गरेको यो आर्थिक जरिवाना सबैभन्दा ठूलो हो र क्रोएसियाका लागि दोस्रो हो। युरो कपमा अल्बानियाविरुद्ध क्रोएसियाको दोस्रो खेलमा दुवै समूहका समर्थकले रंगभेदी व्यवहार गरेको आरोपमा युइएफएले छुट्टै अनुसन्धान गरिरहेको छ।
क्रोएसिया र इटालीबीच सोमबार भएको खेलमा बियर कपलगायत वस्तु फ्याँकेकोमा ४५ हजार युरो, फ्लेयर र आतिशबाजी गरेकोमा ३० हजार युरो र 'अनुचित व्यवहार' गरेको भन्दै ३० हजार युरो जरिवाना तोकिएको छ।
युइएफएले अल्बानियाविरुद्धको खेलमा समर्थकले आतिशबाजी गरेको भन्दै क्रोएसियालाई २७ हजार ५ सय युरो जरिवाना गरेको छ। युइएफएले क्रोएसियालाई ९२ लाख युरो प्रदान गरेको थियो।
लाइपजिगमा भएको खेलमा क्रोएसियाले इटालीसँग १–१ गोलको बराबरी खेलेको थियो। इन्जुरी समयको आठौं मिनेटमा इटालीले गोल गरेको थियो।