काठमाडौं। नेपाली टोलीले लेबनानमा हुने भनिएको फोर नेसन्स कपबाट आफ्नो नाम फिर्ता लिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो। ‘लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै एन्फाले जुलाई ८ देखि १६ सम्म हुने प्रतियोगितामा भाग नलिने निर्णय लिएको छ,’ भनिएको छ।
नेपाली राष्ट्रिय महिला टोलीलाई चाँडै नै अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन संघ तत्पर रहेको एन्फाले बताएको छ। निकट भविष्यमा नै सो प्रतियोगिताको बारेमा जानकारी गराइने एन्फाले जनाएको छ।