एजेन्सी । स्पेनिस मिडफिल्डर सेस फाब्रिगासले फ्रेन्च क्लब मोनाकोबाट डेब्यु गरेका छन् । इंग्लिश क्लब चेल्सीबाट मोनाको पुगेको फाब्रिगासले मार्सेलीविरुद्ध मैदान उत्रदै क्लबमा डेब्यु गरेका हुन् ।
शनिबार राति मार्सेलीको मैदानमा भएको लिग खेलबाट फाब्रिगासले फ्रेन्च लिगमा वानमा समेत डेब्यु गरे । साढेँ तीन बर्षको लागि मोनाको पुगेका फाब्रिगास डेब्यु खेलमा पुरै समय मैदान बिताएका थिए ।
फाब्रिगासको डेब्यु खेलमा मोनाकोले घरेलु टोलीसंग १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
खेलको १३ औं मिनेटमा म्याक्सिम लोपेजले गोल गर्दै मार्सेलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३८ औं मिनेटमा मोनाकोका यौरी टेलेमान्सले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
बराबरीसंगै मोनाकोले १९ खेलबाट १४ अंक जोडेको छ । रेलिगेसन जोनमा रहेको मोनाको पुछारबाट दोस्रो स्थानमा छ । मार्सेली २८ अंकसहित नवौं स्थानमा छ ।