काठमाडौं। ब्राजिलले कोपा अमेरिकाअन्तर्गत पाराग्वेविरुद्धको खेलमा पहिलो हाफमै तीन गोलको अग्रता लिएको छ।
एलेजिन्ट स्टेडियममा जारी समूह डी को अन्तिम खेलमा ब्राजिल ३-० गोलअन्तरले अगाडि रहेको हो।
खेलको ३१औं मिनेटमै लुकास पाकेटाले पेनाल्टीलाई सदुपयोग गर्न नसकेपछि ब्राजिलले सुरुआती अग्रता लिने मौका गुमाएको थियो।
तर, ३५औं मिनेटमा भिनिसियस जुनिअरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। उनले लुकासको पासमा गोल गरे। ४३औं मिनेटमा साभिओले गोल गरे।
पहिलो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे।