एजेन्सी । वायर्न म्युनिखले जर्मन टेलिकम कप फुटबलको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलमा बोरुसिया मोन्चेनग्लाडवाचलाई पेनाल्टी सुटआउटमा ४ - २ गोल अन्तरले पराजित गर्दै वायर्नले उपाधि जितेको हो ।
घरेलु मैदानमा निर्धारित समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा वायर्नले सफलता हात पार्यो ।
पेनाल्टीमा वायर्नका म्याट हुमेल्स, जेम्स रोड्रीगेज, थियागो र गोर्टेज्काले गोल गरे ।
यो उपाधिसंगै वायर्नले सिजनको पहिलो उपाधि घर भित्र्याएको छ । सन् २००९ बाट सुरु भएको टेलिकम कपमा वायर्नको यु पाँचौ उपाधि हो ।