काठमाडौं। कोस्टारिकालाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको नकआउट चरणमा प्रवेश गरेको छ।
स्टेट फार्म स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा कोलम्बिया ३-० गोलअन्तरले विजयी भएको हो।
जितसँगै समूह डीमा रहेको कोलम्बिया दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। कोलम्बियाले पहिलो खेलमा बोलिभियालाई ३-० गोलअन्तरले पराजित गरेको थियो। समूहचरणको अन्तिम खेलमा कोलम्बियाले पाराग्वेसँग खेल्ने छ।
कोस्टारिकाको भने एक अंक रहेको छ। कोस्टरिका पहिलो खेलमा ब्राजिलसँग गोलरहित बराबरीमा रोकिएको थियो।
पहिलो हाफमा कोलम्बियाले लुइस डियाजको गोलमा सुरुआती अग्रता लिएको थियो। उनले पेनाल्टीमार्फत गोल गरेका थिए।
दोस्रो हाफमा डेभिन्सन सान्चेज र जोन कोर्डोबाले गोल गर्दै कोलम्बियाले ३-० को सहज जित हासिल गर्यो। सान्चेजले जोन एरियास र कोर्डोबाले जेम्स रोड्रिग्जको पासमा गोल गरे।