काठमाडौं। उरुग्वे कोपा अमेरिकाको नकआउट चरणमा प्रवेश गरेको छ।
मेटलाइफ स्टेडियम, न्यू जर्सीमा शुक्रबार बिहान सम्पन्न खेलमा बोलिभियालाई ५-० ले पराजित गर्दै उरुग्वे नकआउट चरणमा स्थान बनाएको हो।
उरुग्वेले दुई खेलबाट ६ अंक जोड्यो। पहिलो खेलमा उरुग्वेले पनामालाई ३-१ गोलअन्तरले पराजित गरेको थियो। समूह सी मा अमेरिका र पनामाको समान तीन अंक रहेको छ।
उरुग्वेले समूह चरणको अन्तिम खेल अमेरिकासँग खेल्ने छ। पहिलो हाफमा फाकुन्डो पेलिस्ट्री र डार्विन नुनेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफमा म्याक्सिमिलियानो अराउजो, फेडेरिको भल्भर्डे, रोड्रिगो बेन्तानकुरले गोल गर्दै उरुग्वेलाई ५-० को सानदार जित दिलाए।