काठमाडौं। दुवै टोली १०/१० खेलाडीमा समेटिएको कोपा अमेरिकाअन्तर्गत समूह सी को खेलमा पनामा विजयी भएको छ।
मर्सिडीज बेन्ज स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा पनामाले अमेरिकालाई २-१ गोलअन्तरले पराजित गरेको हो।योसँगै पहिलो खेलमा उरुग्वेसँग ३-१ गोलअन्तरले पराजित भएको पनामाले नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ। पनामा दुई खेलमा तीन अंक रहेको छ। पराजित अमेरिकाको पनि समान अंक रहेको छ।
अमेरिकाले पहिलो खेलमा बोलिभायालाई २-० गोलअन्तरल पराजित गरेको थियो। खेलको पाँचौ मिनेटमै वेस्टन म्याकेनी रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए।
१८औं मिनेटमा तिमोथी वेहको गोलले मान्यता नपाउँदा अमेरिकाले सुरुआती अग्रता लिने मौका गुमायो। तर, त्यसकव चार मिनेटपछि नै एन्टोनी रोबिन्सको पासमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाए।
२६औं मिनेटमा सेजर ब्ल्याकम्यानले गोल गर्दै खेल बराबरीमा ल्याए। ८३औं मिनेटमा अब्दिएल आयरजाको पासमा जोसे फजार्डोले गोल गर्दै पनामालाई २-१ को अग्रता दिलाएका थिए।
तर, त्यसको पाँच मिनेटपछि नै अडाल्बर्टो कैरासक्विलाले रातो कार्ड पाउँदा पनामा पनि १० खेलाडीमा सीमित भएको थियो। यद्यपि, खेलमा पनामा विजयी भयो।