काठमाडौं। एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला एसिया कप २०२४ को खेल तालिकामा परिवर्तन गरेको छ। अब भारतले एसिया कपको पहिलो दिन जुलाई १९ मा पाकिस्तानसँग खेल्नेछ। सोही दिन दिउँसो नेपाल र युएईका टोलीले प्रतियोगिताको उद्घाटन गर्नेछन् भने साँझ भारत र पाकिस्तानबीचको खेल हुनेछ।
यी दुवै खेल यसअघि जुलाई २१ मा हुने तय भएको थियो। उक्त तालिका अनुसार पहिलो खेल नेपाल र पाकिस्तानले खेल्ने तय थियो भने दोस्रो खेल भारत र युएईबीच हुने थियो। यी दुई खेलबाहेक बाँकी यथावत रहनेछ।
प्रतियोगिता १९ देखि २८ जुलाई सम्म चल्नेछ र सबै खेल डम्बुलामा खेलाइनेछ। यो पटक आठ टोलीले प्रतियोगिता सहभागिता जनाउँदैछन्। अघिल्लो संस्करणमा सबै टोलीले एकअर्कासँग खेलेका थिए। तर यसपाली त्यस्तो हुन सकेको छैन। यस दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, नेपाल, पाकिस्तान र युएईका टोली छन् भने समूह ‘बी’ मा आयोजक श्रीलंकासँगै बंगलादेश, मलेसिया र थाइल्याण्ड छन्। प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् जुन २६ जुलाईमा हुनेछ। फाइनल जुलाई २८ मा हुनेछ।
प्रतियोगिता अन्तिम संस्करण २०२२ मा भएको थियो, जहाँ भारतले फाइनलमा श्रीलंकालाई ८ विकेटले पराजित गरेको थियो। भारत यस प्रतियोगिताको सबैभन्दा सफल टोली हो। भारतले ७ पटक उपाधि जितेको छ। भारतले पहिलो खेल १९ र २१ जुलाईमा पाकिस्तान र युएईसँग खेल्नेछ। त्यसपछि नेपालसँग जुलाई २३ मा खेल्नेछ।
अघिल्लो संस्करण जस्तै यस वर्षको प्रतियोगितामा पनि सबै अम्पायर र म्याच अफिसियल महिला मात्र हुनेछन्।