काठमाडौं। भारतका सूर्यकुमार यादवलाई उछिन्दै अस्ट्रेलियाका ओपनर ट्रेभिस हेड आइसिसीको नयाँ वरियतामा विश्वका नम्बर वान ब्याट्सम्यान बनेका छन्।
ट्वान्टी–२० वरीयतामा सूर्यकुमार सन् २०२३ को डिसेम्बरदेखि शीर्षस्थानमा थिए । उनी दोस्रो स्थानमा झरेका छन्।
इङ्ल्यान्डका फिल सल्ट, पाकिस्तानका कप्तान बाबर अजाब र मोहम्मद रिजवन शीर्ष पाँचमा रहेका छन्। जोस बटलर छैटौं स्थानमा रहँदा वेस्ट इन्डिजका जोन्सन चार्ल्स शीर्ष १० मा पर्ने एक मात्र नयाँ खेलाडी बनेका छन्।