धनगढी । धनगढीमा जारी तेस्रो संस्करणको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सहभागिता जनाउन अफ्रिकी मुलुक क्यामरुनको क्लब डाउफिन्स फेमली एफसी आज नेपाल आइपुग्ने भएको छ ।
प्रतियोगिताका लागि क्यामरुनी क्लब डाउफिन्स आज राति १ बजे नेपाल आइपुग्ने नेपालको व्यवस्थापक सगुन तन्डुकारले जानकारी दिए । डाउफिन्स टोली क्यामरुनबाट केन्या, दोहा हुँदै नेपाल आइपुग्ने तन्डुकारले जानकारी गराए ।
तन्डुकारका अनुसार क्यामरुनको टिम आजै राति धनगढीतर्फ प्रस्थान गर्ने जानकारी गराए ।
क्यामरुनको टिम डाउफिन्सले मंगलबार सेमिफाइनल प्रवेशका लागि संकटा क्लबसंग खेल्नेछ । संकटालाई हराएमा डाउफिन्सले फाइनल प्रवेशका नेपाल पुलिस क्लबसंग खेल्नेछ ।