काठमाडौं। लाउटारो मार्टिनेजको निर्णायक गोलसँगै अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा पुगेको छ।
मेटलाइफ स्टेडियम, न्यू जर्सीमा बुधबार बिहान सम्पन्न समूह ‘ए’को खेलमा अर्जेन्टिनाले चिलीलाई १-० गोलअन्तरले पराजित गरेको हो।
जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ। पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलअन्तरले पराजित गरेको थियो।
चिली भने पहिलो खेलमा पेरुसँग गोलरहित बराबरीमा रोकिएको थियो। अर्जेन्टिनाका मार्टिनेजले खेलको ८८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
यसै समूहको अर्को खेलमा क्यानडाले १० खेलाडीमा समेटियो पेरुलाई १-० गोलअन्तरले पराजित गरेको छ। जितसँगै क्यानडाले तीन अंक जोडेको छ। पेरु भने लगभग प्रतियोगिताबाट बाहिरिएको छ। पेरु पहिलो खेलमा चिलीसँग गोलरहित बराबरीमा रोकिएको थियो।
क्यानडाका लागि जोनाथन डेभिडले खेलको ७४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उनले याकूब शफेलबर्गको पासमा गोल गरेका थिए। त्यसअघि खेलको ५९औं मिनेटमा पेरु १० खेलाडीमा समेटिएको थियो।
पेरुका मिगुएल अराउजो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।