काठमाडौं। गोलरहित बराबरी खेल्दै इङ्ल्यान्ड र डेनमार्क युरो कपको अन्तिम १६ मा पुगेका छन्।
मंगलबार राति सम्पन्न समूह ‘सी’ को अन्तिम खेलमा इङ्ल्यान्डले स्लोभेनिया र डेनमार्कले सर्बियासँग बराबरी खेलेको हो।
यो समूहबाट पाँच अंकसहित इङ्ल्यान्ड शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गर्यो। डेनमार्क गोल संख्यामा स्लोभेनियालाई पछि पार्दै उपविजेता बनेर अर्को चरणमा पुगेको हो।
इङ्ल्यान्डले पहिलो खेलमा सर्बियालाई १-० गोलअन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा डेनमार्कसँग १-१ गोलको बराबरी खेलेको थियो।
डेनमार्कले भने पहिलो र दोस्रो खेलमा स्लोभेनिया र इङ्ल्यान्डसँग १-१ गोलको बराबरी खेलेको थियो। खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन्।
स्लोभेनियाक वरीयताको आधारमा नकआउट चरणमा पुग्ने सम्भावना कायम छ। सर्बिया दुई अंकसहित पुछारमा रहेको छ।