काठमाडौं। रोबर्ट लेवान्डोस्की राष्ट्रिय टोलीबाट खेल्न छोड्न तयार छैनन्। आफ्नो राष्ट्रिय टोलीलाई प्रतियोगितामा एक जित दिलाउन भए पनि बार्सिलोनाका स्ट्राइकर मंगलबार युरो कपअन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा पोल्यान्डका लागि फ्रान्सविरुद्ध पहिलोपल्ट सुरुआती ११ मै मैदान प्रवेश गर्नेछन्।
नेदरल्यान्ड्स र अस्ट्रियासँग लगातार हार बेहोरेपछि पोल्यान्ड यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। युरो कपको अभ्यास खेलमा तिघ्रामा चोट लागेपछि लेवान्डोस्कीले नेदरल्यान्ड्सविरुद्धको खेल गुमाएका थिए।
उक्त खेलमा पोल्यान्ड २–१ गोलअन्तरले पराजित भएको थियो। अस्ट्रियाविरुद्धको जित्दै पर्ने खेलमा उनी ६०औं मिनेटमा मैदान उत्रिएका थिए। तर, पोल्यान्ड ३–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
लेवान्डोस्कीले भन्छन, ‘म सुरुदेखि नै खेल्न तयार छु, ९० मिनेट नै खेल्न सक्छु।’ ३६ वर्षीय लेवान्डोस्कीको यो नै अन्तिम युरो कप हुन सक्छ। तर, उनी राष्ट्रिय टोलीको ‘ड्युटी’मा निरन्तरता दिन चाहन्छन्।
‘म कहिलेसम्म खेल्छु भनेर धेरै मानिसहरू सोचिरहन्छ। तर, अझै पनि मभित्र खेल्न सक्ने क्षमता छ। म र मेरो परिवारबाहेक बाहिरबाट कसैले पनि मेरो निर्णयलाई प्रभावित गर्न सक्नेछैन,’ उनले भने।
एक ५१ खेलमा ८२ गोल गरेका उनले पोल्यान्डलाई ‘ग्रुप अफ डेथ’ मा राखेका छन्। यस समूहमा पोल्यान्ड र फ्रान्ससँगै नेदरल्यान्ड र अस्ट्रिया छन्। अहिलेसम्मको समीकरण हेर्दा यस समूहबाट चार अंक जोडेको नेदरल्यान्ड्स र फ्रान्स अन्तिम १६ मा लगभग निश्चित छ। अस्ट्रियाको पनि अन्तिम १६ मा पुग्ने सम्भावना बलियो छ। तर, दुई खेल खेलेको पोल्यान्ड जित र अंकविहीन छ।
पोल्यान्ड र फ्रान्सविरुद्धको खेल बोरुसिया डर्टमुन्डको घरेलु मैदान वेस्टफालेनस्टाडियनमा हुनेछ। यस मैदानमा लेवान्डोस्कीले सन् २०१० देखि २०१४ सम्म खेलेका थिए।