काठमाडौं। अस्ट्रेलिया आइसिसी ट्वान्टी–२० विश्वकपको सुपर ‘एट’बाटै बाहिरिएको छ।
मंगलबार बिहान सम्पन्न खेलमा सुपर ‘एट’ को समूह १ को खेलमा अफगानिस्तानले बंगलादेशलाई डिएलएस पद्धतिमा आठ रनले पराजित गरेसँगै अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको हो।
यो समूहबाट भारत ६ अंकसहित समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गर्यो। अफगानिस्तानले दुई खेलबाट चार अंक जोड्यो। पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको अफगानिस्तानले त्यसपछिका दुई खेलमा पुनरागमन गरेको हो।
दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानले सेमिफाइनल सम्भावना बलियो बनाएको थियो। अस्ट्रेलियाले भने पहिलो खेलमा बंगलादेशलाई डिएलएस पद्धतिमा २८ रनले पराजित गरेको थियो। तर, त्यसपछिका दुई खेलमा पराजय बेहोरेको थियो।
भारतसँगको समूह चरणको अन्तिम खेलमा २४ रनले पराजित भएसँगै अस्ट्रेलियाको अन्तिम चारमा पुग्ने सम्भावना कमजोर बनेको थियो।