काठमाडौं। साबिक विजेता इटालीले युरोकपको क्वार्टरफाइनलमा स्थान बनाउन स्वीट्जरल्यान्डसँग भिड्ने भएको छ।
रेड बुल एरेना लाइपजिगमा सोमबार राति सम्पन्न खेलमा क्रोएसियालाई १- १ गोलको बराबरीमा रोक्दै इटाली अन्तिम १६ मा पुगेको छ।
दुई खेलबाट चार अंक जोडेको इटाली समूह बी को उपविजेता बन्यो। इटालीले पहिलो खेलमा अल्बानियालाई २-१ गोलअन्तरले पराजित गरेको थियो। तर, दोस्रो खेलमा स्पेनसँग १-० गोलअन्तरले पराजित भयो।
यता, स्वीट्जरल्यान्ड समूह ए को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो। स्वीट्जरल्यान्डले तीन खेलमा एक जित र दुई बराबरीको नजिता आत्मसात् गर्यो।
पहिलो खेलमा हङगेरीलाई ३-१ गोलअन्तरले हराएको स्वीट्जरल्यान्डले स्टकल्यान्डसँग १-१ गोलको बराबरी खेलेको थियो। समूहचरणको अन्तिम खेलमा पनि स्वीट्जरल्यान्ड जर्मनीसँग सोही नतिजामा खुम्चिएको थियो।
यी दुईबीचको खेल २९ जुनमा (शनिबार) बर्लिनमा हुनेछ।