काठमाडौं। आइसिसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा साविक विजेता इङ्ल्यान्ड र भारत भिड्ने भएका छन्।
सोमबार सम्पन्न खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत समूह १ को विजेता बनेसँगै इङ्ल्यान्डसँगको भेट पक्का गरेको हो।
समूह १ को विजेता भारतले शतप्रतिशत जितसहित ६ अंक जोड्यो। इङ्ल्यान्ड समूह २ को उपविजेता बन्यो। पहिलो खेलमा वेस्ट इन्डिजलाई आठ विकेटले हराएको इङ्ल्यान्ड दोस्रो खेलमा दक्षिण अफ्रिकासँग सात रनले पराजित भयो।
यद्यपि, अन्तिम खेलमा अमेरिकालाई १० विकेटले पराजित गर्दै इङ्ल्यान्डले सेमिफाइन यात्रा तय गर्यो। इङ्ल्यान्डले तीन खेलबाट चार अंक जोड्यो। इङ्ल्यान्ड र भारतबीचको दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ।